मितिः २०८१, ४ फाल्गुन आईतवार

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी भएको छ । माडी नगरपालिका ९ गणेशकुञ्जका अहितबहादुर तामाङको घरमा शुक्रबार साँझ आगलागी भएको हो । उहाँको घरको धन्सार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

आगलागीबाट घरमा रहेका खाद्यान्न,लत्ताकपडा,नगद जलेको छ भने गोठमा रहेको गोरु समेत जलेर घाइते भएको छ । स्थानीय र माडी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.