मितिः २०८१, १२ माघ शनिबार

निर्वाचन आचारसंहिता आजबाट नरहने

निर्वाचन आयोगले आज सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत मङ्सिर ४मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगले जनाएको छ ।
‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा सो निर्णयको जानकारी गराइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७९ असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.