चितवन लगायत देशभर चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । तराईका जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । जाडोको मुख्य महिना पुस आजदेखि सुरु भएको छ ।
हिजो बिहीबार चितवनको तापक्रम १३ डिग्रीमा झरेको थियो । स्वास्थ्य मन्त्रालयले मुलुकभर चिसो बढ्दै गएकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन मन्त्रालयले आग्रह गरेका हो ।
जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउनुपर्ने मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताउनुभयो । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओड्न मन्त्रालयले आग्रह गरेको छ ।