मितिः २०८१, २० आश्विन आईतवार

फिफा विश्वकप ःउपाधि अर्जेन्टिनाको पोल्टामा

फिफा विश्वकप–२०२२ को सनसनीपूर्ण फाइनल प्रतियोगितामा अर्जेन्टिना विजयी भएको छ । हिजो आइतबार राति कतारको लुसेल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले ट्राइबेकरमा ४–२ गोल गर्दै विजयी भएको हो ।
अर्जेन्टिनाको लियोनेल मेसीले खेलको २२ औं थप समयको एकसय सात मिनेटमा साथै डि मारियाले ३५ औं मिनेटमा गोल गरे । फ्रान्सका तर्फबाट एमबाप्पेले ७९, ८०, एकसय १७ मिनेटमा ह्याट्रिक गर्दै खेलमा बराबरी ल्याए ।
प्रतियोगितामा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनाले शानका साथ तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको हो । खेल अवधिभर आठ गोल गर्दै फ्रान्सका एमबाप्पेले गोल्डेन बुट जित्न सफल भए ।

फ्रान्सले सन् १९९८ र २०१८ को फाइनल जितेको थियो भने अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा फाइनल जितेको थियो ।
विश्वकपको उपाधिका लागि सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको अर्जेन्टिना र मोरक्कोलाई २–० ले हराएको साबिक विजेता फ्रान्सबीच फाइनल भिडन्त भएको हो ।
समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग अर्जेन्टिना २–१ ले पराजित भएता पनि बाँकी खेलमा लोभलाग्दो प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको थियो । सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो ।