मितिः २०८१, २० आश्विन आईतवार

सांसदहरूको शपथ आउँदो बिहिवार

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ बिहिवार १ बजे हुने भएको छ ।
गत मंसिर ४को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका दुईसय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते बिहिवार शपथ गर्ने तयारी गरिरहेको हो ।

नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पु¥याएको बताइएको छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने प्रावधान छ । सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको सोही विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ । नागरिकताको आधारमा सपथ खुवाउने हो भने चीत्रबहादुर केसी जेष्ठ सदस्य भएकाले उहाँले नै शपथ खुवाउने संभावना छ ।

शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीन दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । त्यसैले शपथको मिति आज सोमबार नै सार्वजनिक भएको हो । राष्ट्रपति भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेपछि त्यसभन्दा पहिले नै शपथ हुन लागेको बताइएको छ ।