मितिः २०८१, ७ चैत्र शुक्रबार

कांग्रेस ससंदीय दलको निर्वाचन आउँदो बुधवार हुने

कांग्रेसमा संसदीय दलको नेता चयन गर्न अब आउँदो बुधवार निर्वाचन हुने भएको छ । आज सोमबार कांग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि आगामी पुस ६ गते बुधवार निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रमअनुसार आज सोमबार मतदाता नामावली प्रकाशन गर्ने र भोली पुष ५ गते मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने कार्यक्रम रहेको छ । त्यस्तै, भोली नै बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने समितिले जनाएको छ ।भोली ५ गते नै उम्मेदवारको दरखास्तउपर दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । मतदानका लागि पुस ६ गते बुधवार बिहान ८ बजेदेखि १० बजेको समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ । कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ । नेता शेखर कोइराला पनि दलको चुनाव लड्न दबाबमा भएपनि अहिलेसम्म उहाँले आफ्नो उम्मेदवारीबारे भने केहि नबोलेको जनाइएको छ । संसदीय दलको नेता चयन गर्ने चुनावमा प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित ८९ सांसद मतदाता हुन्छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.