जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मंसिर महिनामा २२ लाख रुपैंया बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष ०७९÷८० को मंसिर महिनामा २२ लाख ४४ हजार पांँचसय रुपैंया राजश्व संकलन गरेको हो । सो अवधिमा सबै प्रकृतिका गरी दुई हजार चारसय ६३ सवारी साधन कारवाहीमा परेका थिए ।
कार्यालयका अनुसार सबै भन्दा बढी राजश्व संकलन कार,जीपबाट र सबैभन्दा कम राजश्व टेक्टरबाट संकलन भएको छ । जसअनुसार सो अवधिमा पाँचसय ७९ वटा कार, जीप कारबाहीबाट पांँच लाख ३६ हजार र एकसय १० वटा टेक्टर कारवाहीबाट एकलाख दुईहजार रुपैंया राजश्व संकलन भएको छ । यस्तै छ सय ४१ वटा मोटरसाइकलबाट पाँचलाख ३२ हजार पांँचसय ,चारसय ६६ वटा ट्रक ट्रिपरबाट पाँचलाख १९ हजार, तीनसय ४५ वटा बस,माईक्रो कारबाहीबाट तीन लाख १९ हजार र टेम्पो तथा अन्य गरी तीनसय २२ वटा सवारी साधन कारवाहीबाट दुईलाख ३६ हजार रुपैंया राजश्व संकलन भएको छ ।
अघिल्ला महिनाभन्दा यो महिना राजश्व संकलन कम भएको कार्यालयका प्रमुख धर्म बहादुर अधिकारीले जानकारी दिनुभयो । असोज महिनामा ३२ लाखको हाराहारीमा राजश्व संकलन भएको बताइएको छ । त्यस्तै फेरि कात्तिकमा २५ लाख राजश्व संकलन भएको थियो । मंसिर महिनामा संकलन घटेर २२ मा झ¥यो ।
सवारी साधनको कारवाही संख्या र गल्तीको प्रकृति अनुसार राजश्व घटबढ हुने अधिकारीको भनाई । अघिल्ला महिनामा निर्वाचन, चाडबाडले सवारीको चाप र कारवाहीको संख्या सोही अनुपातमा बढेकोले पनि ती महिनामा राजश्व संकलन बढी भएको जनाइएको छ । अहिले सवारीधनीले राजश्व बैंकमा लगेर जम्मा गर्नुपर्ने सिष्टम छ । उक्त राजश्व समयमै नबुझाउनाले पनि राजश्व संकलन घटबढ हुने बताइएको छ ।