मितिः २०८१, २० आश्विन आईतवार

कोरोनाको नयाँ भेरियन्ट ः रत्ननगरद्धारा सर्तक रहन नगरबासीलाई आग्रह

रत्ननगर नगरपालिकाले कोरोना भाइसरको नयाँ भेरियन्टको जोखिम बढ्न सक्ने सम्भावना रहेकाले सतर्क रहन नगरबासीलाई आग्रह गरेको छ ।
सो नगरपालिकाले एक सुचना प्रकाशित गरी कोरोनाको जोखिमबाट बच्न सर्तकता अपनाउन आग्रह गरेको हो । विश्वका केही देशहरुमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि हुँदै सक्रमणको जोखिम फरक स्वरूपमा देखिइरहेकोले सर्तकता अपनाउन आग्रह गरेको हो ।
मेयर प्रल्हाद सापकोटाले कोरोनाको नयाँ भेरियन्टबाट बच्न माक्सको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दुरी गर्न र नियमित रुपमा हातको सरसफाईमा विशेषत ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।
नगरपालिकाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउन र संस्था वा कार्यालय जाँदा पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।