राष्ट्रिय सभा सदस्यको रिक्त स्थानका लागि अब आउँदो माघ २५ मा निर्वाचन हुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो माघ २५ मा निर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएकोे थियो । लुम्बिनी प्रदेशबाट निर्वाचित भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि उक्त सिट रिक्त भएको थियो ।