मितिः २०८१, ७ चैत्र शुक्रबार

नेपालगञ्जमा दादुरा संक्रमितको संख्या ७६ पुग्यो, एक बालकको मृत्यु

बाँकेको नेपालगन्जमा फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या ७६ पुगेको छ ।
गत पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगञ्ज उप महानगरपालिकाका वडा नम्बर १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी ७६ जनामा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दादुराबाट ५ नम्बर वडाका ३१ महिने एक बालकको मृत्यु भएको छ । हाल संक्रमित बालबालिकालाई होम आइसोलेसनमा राखेर उपचार भइरहेको छ । बढी संक्रमित तीनवटा वडामा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ । संक्रमित हुनेमा अधिकांश पूर्ण खोप नलगाएका बालबालिका रहेकाले संक्रमण फैलिएका सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिने बताइएको छ । नेपालले सन् २०२३ को अन्त्यसम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.