मितिः २०८१, २० आश्विन आईतवार

मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

चितवन । मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
वनका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता एवं मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश ढुङ्गानाको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथि ढुङ्गानाले सबै राजनीतिक दल र समुदायले आफ्नो स्वार्थभन्दा माथि उठेर पर्यटक भित्र्याउन र वन संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले वनका सकारात्मक गतिविधिमा सके जति सहयोग गरिने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि मृगकुन्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले मिलिजुली वनलाई पर्यटन हव बनाएर अगाडि बढ्न सबैको हातेमालो जरुरी रहेको बताउनुभएको छ । त्यस्तै, कार्यक्रमका अर्का विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्जका साहायक संरक्षण अधिकृत गणेश तिवारीले आफू हरेक तवरले लागि पर्ने र वनले गरेका संरक्षण्का गतिविधिमा साथ दिन राष्ट्रिय निकुञ्ज तयार रहेको जनाउनुभएको छ ।
त्यस्तै, कार्यक्रमका अर्का विशिष्ट अतिथि रत्ननगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारीले मिलिजुलि वनको सरक्षण र कन्कृट बाल निर्माण मा सहयोग गर्न वडा कार्यालय प्रतिबद्द रहेको बताउनुभएको छ ।

कार्यक्रमका सभापति एवं वनका अध्यक्ष पौडेलले सम्पूर्ण उपभोक्ताका गुनासोलाई सम्बोधन गर्दै पर्यटकीय गतिविधिलाई अगाडि बढाएर स्थानीयको अवस्थालाई सुधार्ने र संरक्षणको भाव जगाउन आफू लागिपर्ने बताउँदै वनले उपभोक्ता लक्षित विभिन्न कार्यक्रम लिएर आउने बताउनुभएको छ ।
वनका अध्यक्ष पौडेलले प्रगती प्रतिवेदन राख्नुभएको उक्त साधारण सभामा कोषाध्यक्ष रामशरण कुवरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने वनका लेखा सयोजक सुमन थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।