मितिः २०८१, १२ माघ शनिबार

भरतपुमा श्रीमान् –श्रीमती मृत भेटिए

चितवन । भरतपुर महानगरपालिका–२९ मा श्रीमान् –श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
भरतपुरको वडा नं–२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २५ वर्षिय शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।
मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घरमा उनीहरु बीच झैझगडा भैरहने स्थानीयको भनाई छ । प्रेमबहादुर ज्याला मजदुरी गर्थे भने श्रीमती शान्ती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.