मितिः २०८१, २० आश्विन आईतवार

शितलहरबाट आफगानिस्तानमा २० जनाको मृत्यु, दुई करोड ८० लाख नागरिक प्रभावित

अफगानिस्तानमा शितलहरका कारण २० जनाको मृत्यु भएको छ भने दुई करोड ८० लाख नागरिक प्रभावित भएका छन् । राजधानी काबुलको तापक्रम माइनस २१ डिग्रि सेल्सियससम्म मापन गरिएको जनाइएको छ ।
राजधानी काबुलमा पछिल्लो दुई सातायता अस्वभाविक रुपमा तापक्रम घट्दै गइरहेको छ । न्यून आर्थिक अवस्थाका कारण नागरिकलाई कोईला किन्न समेत अभाव भएको छ । ग्रामीण भेगमा हिमआँधीमा फसेका नागरिकको उद्धारमा तालिवान सरकार खटिएको छ । तालिबान शासक सत्तामा आएदेखि अफगानी नागरिकहरु अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेका छन् । नागरिकहरु गरिबी र मानवीय संकटको सामना गर्न बाध्य बन्दै आएको बताइएको छ ।