राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दिनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट उहाँले उपसभामुख पदका लागि उम्मेदवारी दिनु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा इन्दिरा रानामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्तारुढ दलबीचको सहमति अनुसार उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको हुँदा सोहि सहमति अनुसार उपसभामुखको उम्मेदवार तय गरेको हो । उपसभामुखकी उम्मेदवार रानामगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा रराप्रपाका राजेन्द्र प्रसाद लिङ्देन हुनुहुन्छ । उपसभामुखको भोलि शनिबार निर्वाचन हुँदैछ ।
प्रतिनिधिसभाको उप–सभामुख पदका लागि उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको संघीय संसद सचिवालयले जनाएको छ ।