मितिः २०८१, १२ माघ शनिबार

एक महिनामा मलेसिया जाने नेपालीको संख्या २० हजारभन्दा धेरै

यो एक महिनामा वैदेशिक रोजगारको शिलशिलामा मलेसिया पुग्ने नेपाली कामदारको संख्या २० हजार भन्दा धेरै रहेको पाइएको छ ।
गत पुष महिनामा मलेसिया पुग्ने कामदारको संख्या २० हजार भन्दा धेरै रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति गरी पुस महिनामा सबैभन्दा धेरै मलेसियाका लागि श्रम स्वीकृति जारी भएको छ । मलेसियाका लागि २० हजार तीनसय ३९ श्रम स्वीकृति जारी भएकोमा १६ हजार सातसय ७५ त नयाँ अर्थात् पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ ।
मलेसियापछि कतार जाने नेपालीको सङ्ख्या धेरै छ । विभागका अनुसार पुस महिनामा मात्रै कतारका लागि १३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै साउदीका लागि ११ हजार छ सय २७ जनाले, यूएईका लागि नौहजार २७ जनाले र कुवेतका लागि तीनहजार आठसय ८९ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत पुस महिनामा मात्रै ६५ हजारभन्दा धेरै नेपालीले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । विभागको तथ्याङ्क अनुसार गत पुस महिनामा नयाँ र व्यक्तिगत गरी ६५ हजार चारसय ६४ जनाले श्रम स्वीकृति लिएका हुन् । नयाँ श्रम स्वीकृति लिनेको संख्या मात्रै ३८ हजार आठसय ६४ रहेको छ । संस्थागत र व्यक्तिगत तवरबाट पुस महिनामा एकसय २० देशका लागि श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.