नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा सहभागी हुन अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल –प्रचन्ड) पनि पुगिसक्नुभएको छ ।
उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उहाँको भनाई छ । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् । बैठकमा स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुनेछ । यस्तै आजको बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेका छन् । उक्त बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ ।