वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि काठमाडौँमा निःशुल्क तालिम सञ्चालन भएको छ ।
सुरक्षित आप्रावासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले बुधबारबाट विदेश जान चाहने महिला र पुरुष दुवै जनाको लागि खान बस्न सहित निःशुल्क तालिम सञ्चालन गरेको हो ।
महिलाहरुको लागि माघ १८ मा गार्मेन्ट मेसिन अपरेटर तालिम हुने चितवनका सामी कार्यक्रमका संयोजक सूर्य पौडयालले बताउनुभएको छ । पुरुषले माघ १५ मा प्लम्बर, माघ २१ मा वेल्डर, माघ २२ मा स्काफोल्डिङ, माघ २३ मा हुने पाइप फिटर र माघ २९ मा इन्डस्ट्रियल इलेक्ट्रिसियन सम्बन्धी तालिम हुनेछ । पुरुषहरुको लागि तालिम काठमाडौं, झापा, बुटवल र पोखराबाट सञ्चालन गरिने सामीले जनाएको छ ।
त्यस्तै, महिलाहरुको लागि गार्मेन्टको तालिमको लागि भने काठमाडौं जानुपर्ने छ । तालिमको लागि चाहिने सेफ्टी सुज र मेडिकल जाँचको खर्च आफैले बेहोर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन आप्रावासी स्रोत केन्द्रमा जुन समयमा पनि यस तालिमको लागि फर्म भर्न सकिने बतााइएको छ । तालिम लिन पासपोर्ट वा पासपोर्टका लागि आवेदन दिएको हुनुपर्ने र नागरिकता पेस गर्नुपर्ने छ । त्यस्तै उमेर पुरुषको हकमा १९ पुगेर ३५ वर्ष नकटेको र महिलाको हकमा उमेरहद १९ देखि ३० भएको हुनुपर्ने छ । शैक्षिक योग्यता सामान्यदेखि १० कक्षा उत्तीर्ण तोकीएको छ । तालिममा भर्ना हुन चाहनेले ९८५५०४६६६९ र ०५६–५९५८६१ मा सम्पर्क गर्न सकिने छ ।