मितिः २०८१, २१ आश्विन सोमबार

गृहमन्त्रालय नछाड्ने रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले यहि माघ १३ गते नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उहाँको गृहमन्त्री पद पनि गुमेको थियो ।
लामिछानैले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ । रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहने बताउनुभएको छ ।
गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भन्ने विषयमा भने छलफल नभएको बताइएको छ । यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुने ढकालको भनाई छ ।
त्यसो त गैरसांसदलाई पनि छ महिनाका लागि मन्त्री बनाउन सकिने प्रावधान छ । मन्त्री बनाइएका गैरसांसद छ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसकेमा भने पद मुक्त हुने छन् ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्रालयमा रास्वपाको दाबी कायमै रहेको बताउनुभएको छ । लामिछानेले नागरिकता लिइसकेपछि फेरि पार्टी सभापति बनाउने तयारी भइरहेको छ । लामिछानेलाई फेरि पार्टी सभापति बनाउन र गृहमन्त्रालयका बारेमा निर्णय गर्न रास्वपाले केन्द्रिय समितिको बैठक पनि बोलाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.