पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको जनाइएको छ ।
पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा आगो लागेको एनडीटीभीले जनाएको छ । बसमा ४८ जना यात्रु रहेको बताइएको छ । बाँकीको खोजी भइरहेको भन्दै पाकिस्तानी प्रहरीले बसमा रहेका सबैको ज्यान गएको आशङ्का गरेको छ ।
दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।