मितिः २०८१, २१ आश्विन सोमबार

क्यानका अध्यक्षसहित पाँच जना पदाधिकारीको राजिनामा माग

नेपाल क्रिकेट संघ क्यानका सात जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका पाँच जना पदाधिकारीको राजिनामा माग गरेका छन् ।
कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का हुनुहुन्छ ।
उक्त क्यानका ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी लगायतका सात केन्दीय सदस्यले राजीनामा माग्नुभएको हो । उहाँहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै उक्त पाँच जना पदाधिकारीको राजिनामा माग गर्नुभएको हो ।
आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उहाँहरुको आरोप छ ।
अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकार्नुभएको थियो । तर, आज आइतबार पत्रकार सम्मेलन गर्नुभएका क्यानका सात जना केन्द्रिय सदस्यले भने आफूहरुले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाइएको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.