मितिः २०८१, २० आश्विन आईतवार

अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विच भेटवार्ता भएको छ ।
दुई दिने नेपाल भ्रमणमा आउनुभएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । उहाँहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्डले आजै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्नुहुने काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।