मितिः २०८१, १२ माघ शनिबार

एक वर्षमा करिब ३५ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा

यो एक वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार तीनसय२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ ।
कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार नौसय २९ जना रहेको थियो ।
सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार आठसय ११ जना यात्रुको आगमन भएको तथ्यांकले देखाएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । उक्त विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार पाँचसय १७ जना यात्रु प्रस्थान गरेका छन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार तीनसय२८ जना अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको हो ।
विमानस्थलमा एक वर्षको अवधिमा २४ हजार तीनसय १२ वटा उडान–अवतरण भएका छन् । जसमा १२ हजार एकसय ५८ पटक जहाजहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । १२ हजार एकसय ५४ पटक जहाजहरु उक्त विमानथलबाट उडेका छन् ।
त्यस्तै। यो एक वर्षमा त्रिभुवन विमानस्थलबाट वायुयानहरुले दुईकरोड ६६ लाख ७६ हजार सातसय ८० किलो कार्गो ओसारेका छन् । जसमध्ये एककरोड ३२ लाख चार हजार सातसय ७० किलो सामान नेपाल भित्रिएको छ । एककरोड ३४ लाख ७२ हजार १० किलो सामान बाहिरिएको प्राधिकरणले जनाएको छ ।
सन् २०२१ को तुलनामा उडान संख्या, यात्रु संख्या उल्लेख्य बढेको छ भने कार्गो यस वर्ष घटेको छ । यसो हुनुको मुख्य कारण अघिल्लो वर्ष कोरोनाका कारण सीमा नाका बन्द हुनु र कार्गो उडानमा हवाईमार्गको प्रयोग हुनु हो सन् २०२१ मा अन्तर्राष्ट्रियतर्फ त्रिभुवन विमानस्थलमा पाँचहजार आठसय ८२ पटक जहाजको आगमन भएको थियो भने पाँचहजार आठसय ७८ पटक जहाजको प्रस्थान भएको थियो ।
यसरी एक वर्षमा ११ हजार सात सय ६० उडान÷अवतरण भएका थिए । सो वर्ष यस विमानस्थलबाट दुई करोड ९५ लाख १४ हजार एकसय २० किलो कार्गो ओसार–पसार भएको थियो । यस वर्ष एककरोड ५७ लाख २३ हजार एकसय ९५ किलो सामान भित्रिएको थियो भने एककरोड ३७ लाख ९० हजार नौसय २५ किलो सामान जहाजबाट बाहिरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.