भरतपुर महानगरपालिकाले नारायणगढस्थित मेनरोडको खाल्डो नपुरेपछि स्थानीयले खाल्डोमा वृक्षारोपण गरेर महानगरको विरोध गरेका छन् ।
सडकमा खाल्डो परेको एक वर्ष भइसक्दा पनि पुर्ने काम नभएको भन्दै स्थानीयले खाल्डोमा वृक्षरोपण गरेर महानगरको विरोध गरेका हुन् ।
खाल्डो पुर्न आफुहरुले पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएको स्थानीयको भनाई छ । सडकमा भएको खाल्डोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले सांकेतिक विरोध स्वरुप खाल्डोमा वृक्षारोपण गरेका हुन् । वडा कार्यालयले गिट्टी ल्याएर खाल्डो पुरेपनि सवारी साधन गुड्दा गिट्टी उछिट्टिएर पैदल यात्रु घाइते भएको स्थानीय उमेश कडेलले बताउनुभयो । पिच गर्ने काम सडक विभागको हुने भनेर वडाध्यक्ष पन्छिएको स्थानीयको गुनासो छ ।