मितिः २०८१, ७ चैत्र शुक्रबार

नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाट काट्न सकिने

नेपाल वायुसेवा निगमले अनलाइन टिकटको लागि प्रक्रिया सुरु गरेको छ । निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय टिकट इ–सेवाबाट काट्न सकिने निगमले जनाएको छ ।
आइएमई पे लगाएत अन्य वालेटहरुबाट पनि टिकट लिन सक्ने व्यवस्था गर्ने समेत जनाइएको छ । आन्तरिक क्षेत्रमा उडान हुने विमानको यात्रु बोक्ने सिट क्षमता १९ हो । १९ सिट क्षमता भएपनि उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक तथा विविध कारणले प्रभाव पार्ने हुँदा सिट संख्यामा स्वतः परिवर्तन हुने निगमले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.