नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको आज मंगलबार निधन भएको छ । ५९ वर्षिय घलेको उपचारकै क्रममा शिक्षण अस्पताल काठमाडौंमा निधन भएको हो । प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराउनुभएका घले केही समयदेखि नेपालमै उपचाररत हुनुहुन्थ्यो ।
व्यवसायी समेत रहनुभएका मनाङका स्थायी निवासी घले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।
तर, क्यान्सरका कारण अधिकतम उपचारमै समय बिताउन पर्दा संसद्मा उहाँले पूर्ण कार्यकाल सक्रिय भूमिका निभाउन पाउनुभएको थिएन । उहाँले लामो समय भारतको नयाँ दिल्लीमा रहेर उपचार गराउनुभएकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार