मितिः २०८१, १२ माघ शनिबार

दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौंमा

यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहनुभएकी समान्था पावर दुईदिने भ्रमणका लागि आज मंगलबार बिहान नेपाल आइपुग्नुभएको छ ।
नेपाल आएलगत्तै समान्था भक्तपुर पग्नुभएको छ । अमेरिकी दूतावासका अनुसार उहाँले भोली बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ ।
समान्थाको यस भ्रमणलाई महत्वका साथ हेरिएको छ । पावरले आफ्नो भ्रमण अवधिमा नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले जनाएको छ ।
साथै, उहाँले भ्रमणमा नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । यस क्रममा नेपालमा हालै गठन भएको नयाँ सरकारसँग आफ्नो संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धतालाई उजागर गर्ने पनि बताइएको छ । पावरको नेपाल यात्राले आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूको दायरामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । एउटा युद्ध रिपोर्टरबाट करिअर सुरु गरेकी पावर चर्चित लेखक (पुरस्कार विजेता), यूएनका लागि अमेरिकी राजदूत हुँदै यूएसएआईडीको प्रमुख तथा क्याबिनेट स्तरको उच्च अधिकारी बन्नुभएको छ । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो उच्च तहको भ्रमण हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.