मितिः २०८१, ४ फाल्गुन आईतवार

आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आजबाट शुरु हुँदै

दक्षिण अफ्रिकामा आयोजना हुने आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । केपटाउनको न्युल्याण्ड्समा हुने खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ । उक्त खेलमा समूह ए मा रहेको आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
दुई देशबीच भएको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिका पाँच खेलमा नै अपराजित छ ।

खेलमा सहभागी हुने १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । शीर्ष दुई टोली सेमिफाईनल प्रवेश गर्ने छन् । समूह ए मा आयोजक दक्षिण अफ्रिका, साबिक बिजेता अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह बी मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज, आयरल्याण्ड, ईण्डिया र पाकिस्तान छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.