मितिः २०८१, १२ माघ शनिबार

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण टर्कीमा २९ हजार छ सय पाँच र सिरियामा तीनहजार पाँचसय ७४ जनाको ज्यान गएको पुष्टि भएको छ । एकलाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् ।

भुकम्पमा अझै कयौं बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको जीवितै उद्धार गरिएको जनाइएको छ । टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । भूकम्पबाट १४ लाख बालबालिकासहित झण्डै दुईकरोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.