दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।
उक्त बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा सात–सात जनाको टोली उपस्थित थियो ।
भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार नै काठमाडौं उत्रिनुभएको हो । उहाँलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । त्यसलगत्तै उहाँहरु रु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।