ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य (डायमण्ड) लाई नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले कार्यकक्षममै दुव्र्यवहार गर्नुभएको छ ।
नवलपुरको गैंडाकोट नगरपालिका ६ र ७ स्थित नारायणी नदी किनारमा भइरहेको उत्खनन् र डम्पिङ्ग भइरहेको, नगरपालिकाको फोहोर फाल्न नारायणी किनार गएका सवारी साधनले ढुंगागिटी बालुवा ओसारेर फर्किने गरेको र प्रहरीले समातेपछि पनि फेरि छाडिएको भन्ने जनगुनासो आएपछि ग्यालेक्सी फो के टेलिभिजन (सिधा कुरा प्रयोजन)का रिर्पोटिङ्गमा पुग्नुभएका आचार्यमाथि मेयरले कार्यकक्षमै दुव्र्यवहार गर्नुभएको हो ।
आचार्यले आफ्नो फेसबुक पेजमा एउटा भिडियो अपलोड गर्दै आफुमाथि भएको दुव्र्यवहार खुलाउनुभएको हो । मेयरले दुव्र्यवहार गरेपछि पत्रकार महासंघ चितवन शाखाले घटनाको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।
महासंघका सचिव दीपेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘फागुन २ गते नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा ग्लोक्सी फोर के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्यलाई सूचना संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीबाट उहाँकै कार्यक्षमा दुव्र्यवहार भएको घटनामा महासंघ चितवन शाखा निन्दा व्यक्त गर्दछ ।”
उक्त विज्ञप्तिमा भनिएको छ –“स्वतन्त्रतरुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि हामी स्थानीय प्रशासनसँग माग गर्दछौं ।” सम्पूर्ण पत्रकारको पेशागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न महासंघले जोडदार माग गरेको छ ।