चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा मृत गैंडाको अवषेश भेटिएको छ ।
चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवषेश भेटिएको डिजिजन बन कार्यालय चितवनले जनाएको छ गैंडा अन्दाजी तीन महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ । चालु आर्थीक बर्षमा निकुञ्ज क्षेत्रमा ११ बटा गैंडा मरिसकेका छन् ।