मितिः २०८१, १२ माघ शनिबार

भरतपुरमा १९ वर्षीय एक बालिकामाथि दुव्र्यवहार

भरतपुर महानगरको बाइस बिघामा पसलबाट सामान किनेर घर फर्किएकी १९ वर्षीय एक बालिकामाथि बोलेरोमा सवार केहि व्यक्तिले दुव्र्यवहार गरेका छन् ।
बालिकाको कपाल तानेर चुडाल्ने र अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका हुन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । घटना अस्ति शुक्रबार भएको र हिजो शनिबार प्रहरी कार्यालयमा उजुरी परेको थियो । सोही उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।
उक्त उजुरीमा कपाल तानेर झण्डै दुर्घटना गराएको र अपशब्द प्रयोग गरिएको कुरा उल्लेख गरिएको छ । घटना कुनै सिसि क्यामरामा कैद भएको छ कि भनेर खोज्दै गरेको र हालसम्म नभेटिएको प्रहरीले जनाएको छ । दिनदहाडै यस्ता घटना हुनाले सुरक्षा प्रणालीमाथि प्रश्न समेत उठेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.