मितिः २०८१, २६ भाद्र बुधबार

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन तीन दिने भ्रमणको लागि नेपाल आउँदै

बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन यहि फागनु २४ गते नेपाल आउनु हुने भएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो ।
उहाँको नेपाल भ्रमण यहि फागुन २४ देखि २६ सम्म हुनेछ । उहाँले भ्रमणका दौरानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उहाँले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्नुहुनेछ । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।
राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ । साथै उहाँले धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउनु हुनेछ ।
यसअघि माघको अन्तिम साता बेलायतबाट ‘मिनिस्टर फर डिफेन्स पिपुल’ एन्ड्र्यू मुरिसनले नेपालको भ्रमण गर्नुभएको थियो ।