सप्तरीमा स्रोत नखुलेको सातलाख ६३ हजार तीनसय रुपैयाँसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारतको सुपौल बिहारकी ३१ वर्षीया अस्मिता कुमारी साह रहनुभएकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको जाँच टोलीले हिजो बेलुका महिलालाई तिलाठी कोइलाडी गाउँपालिका–१ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।
साहको साथबाट स्रोत नखुलेको छ लाख ८३ हजार तीनसय नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ गरी सातलाख ६३ हजार तीन सय रुपैयाँ बरामद भएको हो । महिलालाई नियन्त्रणमा लिइ आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको र घटनाबारे अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक एसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार