निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
यहि फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ । त्यहाँ उपनिर्वाचन गर्नुपर्छ । चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । आयोगले तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरेको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।
राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ १ का सांसद हुनुहुन्छ । त्यसैगरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति निर्वाचनपछि यी दुईमध्ये एक क्षेत्र खाली हुनेछ । उपराष्ट्रपतिको उम्मेदवारको टुंगो भने लागेको छैन । आयोगले उपनिर्वाचन गर्नुपर्ने क्षेत्रका लागि निर्वाचन सामग्री किन्नु नपर्ने जनाएको छ । मतपत्र छपाइ र कर्मचारीलगायतका लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने आयोगको भनाइ छ । आयोगले राष्ट्रपति निर्वाचनका लागि मतपत्र छपाइसँगै सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार