बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि यू–१७ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक भगवती राना मगरले आज मंगलबार टोली घोषणा गर्नुभएको हो ।
घोषणा भएका उक्त नेपाली टोलीमा गोलकिपरतर्फ सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी रहनुभएको छ भने डिफेन्डरतर्फ अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेनु लिम्बु चबेगु हुनुहुन्छ । त्यस्तै मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ र फरवार्डतर्फ दीपा रोकाया, वर्षा ओली, सेनु परियार रहनुभएको छ ।
रानाको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट प्रोग्राम अन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका लागि खेलाडी छनोट गर्न एन्फा कम्प्लेक्समा जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ गते पाँच दिन खुला छनोटको आयोजना गरेको थियो ।