दार्चुलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दार्चुलाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना हुँदा भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको प्रहरीले जनाएको छ ।
जीपमा भारतीय नागरिक रहेको र उनीहरु भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । उक्त जिप दुर्घटनामा चालकसहित छ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । उक्त अस्पतालबाट तीन जनालाई भने उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिनुभयो । जिपमा नौ जना भारतीय नागरिक सवार रहेको प्रहरीको भनाइ छ । उक्त जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार