निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनको लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवारका मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप आयोगले यस्तो निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतलाई दिनुभएको निर्देशनमा राष्ट्रपति पदमा खस–आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित हुनुभएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, (थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्ने छ ।
उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदै छ । भोली शनिवार बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार