भारतको– नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको हो ।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत मार्च २७ देखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झन्डै चार सय जना बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् । नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्म, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीले बालबालिकाको उद्धार गरेका हुन् ।

सात दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाको उद्धार गरिएको बोल्दै दिल्ली सरकारअन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकल बताउनुभयो । उहाँले दिल्ली र अन्य राज्यमा निरन्तररूपमा नेपाली बालबालिकालाई विभिन्न प्रलोभनमा दिल्ली पु¥याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकालाई इन्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्र विशेषगरी रौतहटका बालबालिका धेरै दिल्ली पुग्ने गरेका बताउनुभयो ।
घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर बालबालिका दिल्ली पुग्ने गरेको पाइएको उद्धारकर्मीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार