
पूर्वीचितवनको रत्ननगरमा बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नंं. १ बकुलहरचोकमा आज मंगलवार बिहान १०ः०५ बजेको समयमा बा४ख ८९१६ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिँदा घाइते हुनुभएका रत्ननगर–१ का ७५ वर्षीय कुलप्रसाद पराजुलीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका पराजुलीलाई भरतपुरको पुरानो मेडिकल कलेज (सीएमसी) मा उपचारका लागि लगिएको थियो । उहाँको उपचारकै क्रममा बिहान १० बजेर ५० मिनेट जाँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो ।
साइकलयात्री पराजुलीलाई ठक्कर दिने बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ ।