
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमलिङटारमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
चुम्लिङटारबाट धादिङ हुगग्दीखोलातर्फ जाँदै गरेको बा ५६ प २९८३ नं. को मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोकिन पुग्दा धादिङ बेनिघाट रोराङ–३ बस्ने २४ वर्षीय अन्जन सिलवाल गम्भीर घाइते हुनुभएको थियो । घाइते सिलवालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मुत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।