नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ प्रतिशत रहने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
आज मंगलबार सार्वजनिक एसियन डेभलपमेण्ट आउटलुकमार्फत एडीबीले कसिलो मौद्रिक निति, घरेलु मागमा आएको कमीका कारण वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो । सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत थियो । कोरोना महामारीसहित विश्व आर्थिक मन्दीका कारण पनि वृद्धिदरमा सुस्तता आउने एडीबीले जनाएको छ ।

त्यस्तै सन् २०२१ मा नेपालले ४.२ प्रतिशतको वृद्धिदर प्राप्त गरेको थियो । आगामी वर्ष भने नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने एडीबीको अनुमान छ । सन् २०२३ मा मुद्रास्फीति ७.४ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । यो अघिल्ला वर्षहरुको तुलनामा भने बढी हो । सन् २०२१ मा ३.६ प्रतिशत र सन् २०२२ मा ६.३ प्रतिशत मात्र मुद्रास्फीति रहेको थियो । आगामी वर्ष भने ६.२ प्रतिशत मात्र मुद्रास्फीति हुने एडीबीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार