बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो ।

तामाङले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर तामाङ र उहाँका साथी श्रेष्ठले सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ । आरोपी दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार