
पुर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये दुईजनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ ।
मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहनुभएको छ । मृतक दुवैजना कालिका–६ खोलेसिमलका रहेको बताइएको छ । लामिछाने सो संस्थाका कार्य समिति सदस्य समेत हुनुहुन्थ्यो । सो हिमपहिरोमा परि सो सस्थाका करिब एक दर्जन सदस्य घाइते भएका छन् भने तीन जनाको गम्भीर अबस्थामा उपचार भई रहेको प्रहरीले बताएको छ ।
सिक्किम स्थित अस्पतालमा उपचाररत हुनेहरूमा सो सहकारीका रमेशखनाल, ज्योति गुरुङ र गीता सापकोटा रहनुभएको छ । पहिरोले सहकारीका दुईजना सहित सात जनाको मृत्यु भएको र घाइते १३ जना मध्ये छ जना अस्पताल मै उपचाररत रहेको डिस्टिक्ट कलेक्टर, सिक्किमले जनाएको छ । सो सहकारीबाट दुईवटा बसमा करिब ७० जना भ्रमण गएको बताईएको छ