रुकुम पूर्वमा सिस्नो टिप्न गएका दुई बालिका मृत अवस्थामा भेटिएका छन् ।
रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढा मगर र नौ वर्षीया कालिमाया बुढा मगर आज बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
उनीहरु दुवैजना बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । सिस्नो टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी गर्दा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका हुन् । उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएको हुन सक्ने अनुमान गरिएको पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्र बुढाले जानकारी दिनुभयो । सूचनापछि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार