जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।
आज सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । हातहतियार नबुझाउनेलाई कारबाही गर्ने प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ । आज शुक्रबार जारी गरेको सूचनामा आगामी चैत मसान्तभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार