
शुक्रवार।२६ जेष्ठ
प्रकाशवावु खनाल । रत्ननगर नगरपालिकाको आयोजनामा पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि २ दिने भाषा सम्पादन तालिम सुरु भएको छ। शुक्रवार उपमेयर यादव पाठकले उद्घाटन गर्नु भएको कार्यक्रममा शुभकामना मन्तव्य दिदै उपमेयर पाठकले सत्य र तथ्यमा रहेर पत्रकारहरुले समाचार लेख्नु पर्ने बताउनु भयो । प्रमुख प्रशाकीय अधिकृत छविलाल सुवेदीले पत्रकारहरुको संस्थागत तथा व्यवसायिक विकासकालाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।कार्यक्रममा विज्ञ सल्लाहकार रामहरि न्यौपाने,पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । पूर्वितितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा , रत्ननगर नगरपालिकाका प्रेस संयोजक केशव भट्टराई, पूर्विचितवन पत्रकार मञ्चका सचिव ध्रुवराज खनाल लगायत२७ जना कृयाशील पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा ईकागजका संस्थापक विमल आचार्य प्रशिक्षक रहनु भएको छ । तालिम शनिवार सम्पन्न हुनेछ ।