
शनिवार। असोज ६ गते सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैठौँ वर्ष पूरा गरि सातौ वर्ष पूरा गरेको छैठौँ वार्षिक उत्सव तथा सामाजिक सेवा दिवसको अबसरमा विन्देश्वरी आधारभूत विद्यालय र.न.पा.१५ , चेपाङ छात्रावासमा खाध्यान्न वितरण गरेको छ । छात्रावासमा करिव १०० जना चेपाङ समुदायका छात्रछात्राहरु रहेका छन् । अौपचारिक कार्यक्रममा बोल्दै समाजसेवी तथा कम्पनीमा वित्तीय सल्लहाकार रामलाल कुमालले कमजोर आर्थिक अवस्था भएका चेपाङ समुदायका बालबलिकाहरुलाई सहयोग जुटाउन सहयोग गर्ने बताउनु भयो । साथै कुमालले बीमा बाट व्यक्ति तथा परिवारको भविश्य सुरक्षित हुने बताउनु भयो ।
प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनालले दाताहरुको सहयोग बाट नै छात्रावासका वालवालिकाहरुको शिक्षा दीक्षा तथा पालन पोषण सम्भव भएको बताउनु भयो ।उहाँले दाताहरुलाई छात्रावासको अबलोकन गर्न पनि अनुरोध गर्नु भयो ।साथै प्र.अ. खनालले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । विद्यालयका शिक्षक डिल्लीराम भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहायक प्र.अ. प्रेम बहादुर पन्त, शिक्षकहरु दिपेन्द्रराज रेग्मी,हिमा आचार्य,गायत्री भट्ट,सुजता पन्त,पार्वती सत्याल , कम्पनीका वित्तीय सल्लाहकार विष्णु भट्ट लगायतको उपस्थिति थियो । कार्यक्रममा नारायणगढ शाखा प्रमुख प्रकाशवावु खनालले लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउनु हुने विद्यालयका प्र.अ.हरि प्रसाद खनाल,सहायक प्र.अ. प्रेम बहादुर पन्त शिक्षकहरु डिल्लीराम भट्टराई,दिपेन्द्र राज रेग्मीलाई खादा ओढाई सम्मान गर्नु भएको थियो ।