काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटीले आफूलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता नरहेको भन्ने खबरको खण्डन गरेको छ । सोसाइटीका महासचिव भूपतिलाल श्रेष्ठले आज विज्ञप्ति निकालेर रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्यता र अन्तर्राष्ट्रिय मान्यता नेपाल रेडक्रस सोसाइटीले ६० वर्ष पहिले नै प्राप्त गरेको छ र पछिल्लो समयमा यसमा थप कुनै निर्णय र फेरबदल नभएको भन्दै खबरको खण्डन गर्नुभएको हो ।

विज्ञप्तिमा गत साउन २ गते सम्पन्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिको निर्वाचनले सुदर्शनप्रसाद नेपालको नेतृत्वमा निर्वाचित समितिले नियमित गतिविधि गर्दै आइरहेको, सोसाइटीले सबै वैधानिक दायित्व पूरा गर्ने सन्दर्भमा लेखा परीक्षण, वार्षिक साधारण सभा, समाज कल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको भन्दै यसले संस्थाको वैधानिक गतिरोध अन्त्य भएको पुष्टि भएको दाबी पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार