मितिः २०८१, १२ माघ शनिबार

प्रवास

मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज आइतबार बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले उक्त नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो । नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्नेछन् । नेपाली टोलीले भारतसँग चेन्नईमा अब आउँदो फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ । चोटका कारण साफ…
Read More
टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक गर्भवती महिला र उनकी छोरीको जीवितै  उद्धार, भुकम्पबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक गर्भवती महिला र उनकी छोरीको जीवितै उद्धार, भुकम्पबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक जना गर्भवती र उनकी छोरीको जीवितै उद्धार गरिएको छ । टर्कीको गाजिएन्टेपमा भत्किएको एउटा भवनको भग्नावशेषबाट आमाछोरीको उद्धार गरिएको जनाइएको छ । यसअघि भूकम्प गएको एक सय १० घण्टामा पनि एक जना किशोरसहित केही मानिसको जीवितै उद्धार भएको थियो । अत्याधिक चिसो र भूकम्प गएको लामो समय भैसकेकाले मानिसहरु जीवित भेटिने आशा कम हुँदै गएका बेला चामत्कारिक दृष्यहरु देखिएको बीबीसीले जनाएको छ । हिजो पनि भूकम्प गएको ९० घण्टापछि एक जना गर्वभती महिला र उहाँको १० दिनको शिशुको पनि जीवितै उद्धार भएको थियो । उद्धारकर्ताहरूले ९३ हजार जनाभन्दा धेरैलाई भूकम्पको कारण भत्किएका…
Read More
टर्कीको भुकम्पमा परी करिब आठ हजारले गुमाए ज्यान ,झन्डै चालीस हजार घाइते

टर्कीको भुकम्पमा परी करिब आठ हजारले गुमाए ज्यान ,झन्डै चालीस हजार घाइते

टर्कीमा सोमबार गएको भुकम्पमा परि कम्तीमा सात हजार नौसय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । उक्त भुकम्पबाट करिब ४० हजारजना घाइते भएका सीएनएनले जनाएको छ । टर्की र सिरियामा गरी हालसम्म झन्डै आठ हजारजनाको मृत्यु भएको हो । सिरियामा मात्र एक हजार नौसय भन्दा बढी मानिसको मृत्यु भएको छ । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएको जनाइएको छ । स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो…
Read More
पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतङ्कवादी मारिए

पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतङ्कवादी मारिए

आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा गएराती १२ जना मारिएका छन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ । कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ । अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतङ्कवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो । अफगानीस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतङ्कवादी गतिविधि गरिरहेको छ । विभिन्न इस्लामिक सशस्त्र…
Read More
सभामुख देवराज घिमिरेसँग चिनियाँ राजदूत छेन सोङको भेट

सभामुख देवराज घिमिरेसँग चिनियाँ राजदूत छेन सोङको भेट

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेटवार्ता भएको छ । उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो । भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिनुभयो । भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय…
Read More
दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौंमा

दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौंमा

यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहनुभएकी समान्था पावर दुईदिने भ्रमणका लागि आज मंगलबार बिहान नेपाल आइपुग्नुभएको छ । नेपाल आएलगत्तै समान्था भक्तपुर पग्नुभएको छ । अमेरिकी दूतावासका अनुसार उहाँले भोली बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ । समान्थाको यस भ्रमणलाई महत्वका साथ हेरिएको छ । पावरले आफ्नो भ्रमण अवधिमा नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले जनाएको छ । साथै, उहाँले भ्रमणमा नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो…
Read More
टर्कीमा हिजो गएको शक्तिशाली भुकम्पका कारण ४३ सय भन्दा बढिको गयो ज्यान

टर्कीमा हिजो गएको शक्तिशाली भुकम्पका कारण ४३ सय भन्दा बढिको गयो ज्यान

सिरियाको सीमा नजिकै टर्कीमा हिजो सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । हालसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । विभिन्न देशबाट प्रविधिसहितका विशेषज्ञको टोली आएर खोज्ने क्रम सुरु भएसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् । वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेको बताइएको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा रहेका छन । उक्त ठाउँमा प्रतिबन्धहरुका कारण सहयोगीहरु…
Read More
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा आज आइतबार निधन भएको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत हुनुहुन्थ्यो । सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिनुभएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन सुरु गर्नुभएको थियो भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । १९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुईवटा हत्याको अभियोगसमेत लागेको थियो । उहाँमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ । उहाँमाथि २००७ संविधानलाई निलम्बन सम्बन्धी राष्ट्रद्रोहको मुद्दासमेत रहेको छ । मुसर्रफ २०१६ मार्चदेखि दुबईमा बस्दै आउनुभएको थियो ।
Read More
इथोपियामा रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ नेपाली  महिलाको उद्दार

इथोपियामा रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ नेपाली महिलाको उद्दार

इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ जना नेपाली महिलाहरुको उद्दार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, भारतीय प्रहरी भारतीय संस्था हेल्प ट्रस्ट क्रस इन्डियार नेपालस्थित शान्ति पुनस्र्थापना केन्द्रको पहलमा भारतको जयपुरबाट उद्दार गरिएको हो । उनीहरुलाई माघ १९ गते नै उद्धार गरी काठमाडौं लगिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका १२जना मध्ये २० देखि ३० वर्ष उमेर समूहका दुईजना, ३१ देखि ४० वर्ष उमेर समूहका आठ जना र ४१ भन्दा माथि उमेर समूहका दुईजना रहेको प्रहरीले जनाएको छ । तस्करहरुले नेपालका विभिन्न नाकाहरुबाट गत मंसिर र पुस महिनामा भारत पु¥याइ दुबई हुँदै भिजिट भिसामा इथोपियामा…
Read More
इजिप्टको अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु, ३२ जना घाइते

इजिप्टको अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु, ३२ जना घाइते

इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीनजनाको ज्यान गएको छ । अन्य ३२ जना घाइते भएका छन् । हिजो बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको जनाइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.